×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ महिनामा मात्रै करिब तीन लाख पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको भ्रमण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जेठ महिनामा मात्रै करिब तीन लाख पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको भ्रमण

Artha Sarokar

८ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि जेठसम्म दुई लाख ८८ हजार तीन सय ५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।

निकुञ्जमा स्वदेशी एक लाख ९८ हजार आठ सय २६, सार्क देशका ३५ हजार आठ सय ८६ र अन्य देशका २९ हजार पाँच सय ७६ पर्यटक पुगेका छन् । सबैभन्दा धेरै पर्यटकले कात्तिक महिनामा भ्रमण गरेका छन् भने सबैभन्दा कमले भदौ महिनामा भ्रमण गरेका छन् । कात्तिक महिनामा ४२ हजार छ सय ४१ पर्यटकले भ्रमण गरेका छन् भने भदौ महिनामा आठ हजार आठ सय ८० जनाले भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन् ।

निकुञ्जका अनुसार यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले पर्यटनबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व आम्दानी गरेको छ । सबैभन्दा धेरै पर्यटक आएको कात्तिक महिनामा दुई करोड ६३ लाख ५० हजार दुई सय ५० आम्दानी भएको छ भने सबैभन्दा कम पर्यटक आएको भदौ महिनामा ५१ लाख तीन हजार तीन सय रुपैयाँ आम्दानी भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले कोभिडपछि निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी