×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय संस्थाविरुद्धको अराजक गतिविधिमाथि गृहको ‘एक्सन’, ग्लोबल आइएमई लघुवित्तमा तोडफोड गर्ने २ जना पक्राउ !

PRIME CA

वित्तीय संस्थाविरुद्धको अराजक गतिविधिमाथि गृहको ‘एक्सन’, ग्लोबल आइएमई लघुवित्तमा तोडफोड गर्ने २ जना पक्राउ !

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा तोडफोड गर्ने दुई जना पक्राउ परेका छन् । लघुवित्तको रुकुम शाखामा तोडफोड गरेको अरोपमा प्रहरीले रुकुमकै महेश बस्नेत र कुवेर ओलीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले लघुवित्तको रुकुम शाखामा तोडफोड गर्नुका साथै कार्यालयमा ताला लगाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरुले ऋण असुलीका नाममा लघुवित्तले मनपरी गरेको भन्दै कार्यालयमा तोडफोड गरेका थिए । हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसो त पछिल्लो समय ऋण नतिर्ने बाहनामा देशभर बैंक तथा वित्तीय संस्थामा आक्रमण गर्नेहरु बढेका छन् । देशभर बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि बढ्न थालेपछि बैंक, वित्तीय तथा लघुवित्त सम्बद्ध संगठनले सुरक्षाको माग समेत गरेका छन् । सोही माग र अवस्थालाई ध्यानमा राख्दै गृह मन्त्रालयले लघुवित्त वित्तीय संस्थामाथि भइरहेको आक्रमणप्रति चासो देखाएको छ ।

यसैबीच कानुनी रुपमा दर्ता भएर चलेको कुनै पनि बैंक, वित्तीय तथा लघुवित्त संस्थाविरुद्ध हुने अराजक गतिविधि रोक्न गृह मन्त्रालयलयले मातहतका निकायलाई निर्देशनसमेत दिइसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: