×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीको आश्वासनदेखि अध्यक्षको प्रतिवद्धतासम्म, २१ तस्विरमा हेर्नुहोस् धितोपत्र बोर्डको वार्षिकोत्सव (फोटो-कथा)

काठमाडौं । नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच बोर्डको ३१औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले पूँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरेका छन् । त्यस्तै, उनले ५६ लाख लगानीकर्ताको अभिभावकत्व निर्वाह गरिरहेको धितोपत्र बोर्ड भाडाको भवनमा रहेको उल्लेख गर्दै आफ्नै भवन निर्माणका लागि सहयोग गर्नेसमेत बताएका छन् ।

सोही अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पूँजीबजार सुधारका क्षेत्रमा तल्लीन रहेको बोर्डले आगामी दुई महिनामा देशभर ९३ वटा ब्रोकर हाउस सञ्चालनमा ल्याउने दाबी गरेका छन् । यो एक वर्षको अवधिमा बोर्डले बजारका लागि धेरै महत्वपूर्ण काम गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि यस्तो सहयोगका लागि सबैमा अपिलसमेत गरेका छन् ।

बोर्डले वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गर्ने पूँजीबजार पत्रकारिता पुरस्कारबाट लोकबहादुर चापागाईं र अम्बिका शर्मालाई सम्मान गरेको छ । कार्यक्रममा आईक्यानका उपाध्यक्ष सुजन काफ्ले, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेप्सेका सीईओ कृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: