×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेहुलीझैँ सिंगारिएको काठमाडौँ उर्फ ‘बालेनमाण्डु’… (भिडियो)

PRIME CA

बेहुलीझैँ सिंगारिएको काठमाडौँ उर्फ ‘बालेनमाण्डु’… (भिडियो)

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । पूराना नेताहरुले काठमाडौँलाई बस् सत्तासम्म पुग्ने बाटो बनाए, राजनीतिझैँ शहरलाई पनि फोहोर बनाए, आफुजस्तै बागमतीलाई पनि दुर्गन्धित र धमिलो बनाए । तर केहि समय यता काठमाडौँप्रतिको आम जनताको भाष्य परिवर्तन भएको छ । त्यो फोहोर काठमाडौँ, त्यो अस्तव्यस्त काठमाडौँ, अव सुन्दर काठमाडौँ बनेको छ, अझै बन्दैछ । अव्यवस्थित पार्किङ्ग हटेको छ, मनपरी गर्नेको रजाईं गर्ने दिन गएका छन् । आजकल त झन् दुलहीझैं सिंगारिएर चिरिच्याट्ट बनेको छ, हाम्रो काठमाडौँ, हाम्रो मेयर बालेन शाहको काठमाडौँ । काठमाडौँ अर्थात बालेनमाण्डु ।
विछट्टै प्राकृतिक आकर्षणले लोभलाग्दो काठमाडौं प्राचीन सम्पदाहरुका कारण पनि छुट्टै परिचय स्थापित गर्न सफल भएको काठमाडौँ बालेन शाहको उदयपछि थप सभ्य र भव्य बन्दैछ । मन्दिर नै मन्दिरको शहरको उपनामले ख्याति कमाएको काठमाडौंले कंक्रिटको जंगल र प्रदूषणको कारण बदनामी भोग्यो । बालेन, काठमाडौँप्रतिको त्यो बदनाम भाष्य परिवर्तन गर्न चाहान्थे, र अहिले काठमाडौँ त्यस्तै बन्दैछ । काठमाडौं अहिले फरक बन्न खोज्दैछ, आफ्नो सौन्द्धर्यतमा पुनः कसी लगाउन खोज्दैछ ।
ज्याकाराण्डा फूल्ने समयमा काठमाडौं मनमोहक बन्ने गर्छ । शिरिषको फूल फुलेको बेलामा पनि काठमाडौं हेरिरहुँ जस्तो बन्छ । तर यी भए काठमाडौंमा हरेक बर्ष फूल्ने मौसमी फूलहरु र त्यसले प्रवाह गरेको सुन्दरताको नमुना हो । सबैको सपनाको शहर बनेको काठमाडौं संघीय राजनीतिका कारण पनि यहाँको जनघनत्व बढ्दो छ भने कंक्रिटका घरहरु थपिदो छ । बढ्दो शहरीकरण कता कता कुरुप बनेको काठमाडौँले अहिले आफ्नो हराएको वैशमा पुनः लाली पोत्न थालेको छ ।
अहिले काठमाडौंमा पैदल यात्रीहरुले फरक महसुस गर्न थालेका छन् । जताततै फूलेका फूलहरु र गमलामा सजाइएका धेरै थरीका फूलहरुले काठमाडौको सुन्दरतामा फरकपन आएको महसुस गर्न थालिएको छ । र त सडक हिड्ने यात्रुहरु बालेनप्रति आभारी भएर भन्छन – ‘काठमाडौं फेरियो, सुन्दर बन्यो र बनिरहोस यस्तै सधै । ’
काठमाडौंका फुटपाथ प्रयोगकर्तालाई अहिले केही समय सडक छेउमै बसौंबसौं लाग्छ, केही समय टोलाउँ फोटो खिचौं, टिकटक बनाउँ जस्तो लाग्न सक्छ । काठमाडौंको प्रर्दशनी मार्गमा मात्रै होइन्, यसअघि फटाफट दायाँ बायाँ नहेरी हिड्नेहरुका आँखा अहिले नचाहेर पनि राजधानीको सडकका किनारामा अडिन्छन् । काठमाडौं महानगरले थालेको शहरको सौन्द्र्धयीकरण अभियानका कारण अहिले काठमाडौंका बिजुलीबजार, प्रर्दशनी मार्ग, शंकरदेव लगायतका क्षेत्रका सडक अहिले गमलासहितका फूललले सजिएका छन् । आखिर गर्न खोजे परिवर्तन कहाँ परको कुरा रहेछ र ?
संघीय राजधानी समेत रहेको काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिकाले सौन्दर्यीकरण गर्ने काम थालेकोमा सबै खुसी छन् । सडक, फुटपाथ र सडकका भित्तालाई आर्कषक र सफा बनाउने काम थालेको महानगरले पछिल्लो समय सडक फुटपाथलाई नै सुन्दर बनाउन गमलाले सजाउन थालेको छ । देशको राजधानी भएकाले पनि यहाँ मानिसको धेरै चाप रहनु असामान्य होइन । तर सभ्यताको शहर बनाउने अभियानका साथ अघि बढेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको पहलमा अहिले काठमाडौं शहरलाई हरियाली पूर्ण बनाउने अभियानमा महानगरपालिका लागिपरेको छ ।
बालेनको पहलमा उपत्यकाका विभिन्न स्थानका सडकहरू यतिबेला फूलका गमलाले सजिएका छन् । महानगरपालिकाले शनिबारदेखि उपत्यकाका विभिन्न स्थानमा रंगीचंगी फूलका गमलाहरू राखेर व्यस्त शहरलाई केही समयको विश्राम र सुन्दरता दिने प्रयास गरेको छ ।
तर हामीले बुझ्नुपर्छ, शहरलाई स्वच्छ, सफा र हरियाली बनाउने हो भने यसमा महानगरको मात्रै प्रयासले हुदैँन् । यसमा स्थानीयदेखि सडक प्रयोगकर्ता लगायत सबैको लगाव उत्तिकै हुन जरुरी छ । हरेक दिन केही समय निकालेर रुख विरुवा रोप्ने, गोडमेल गर्ने र शहरलाई सफा बनाउने प्रयास गर्ने हो भने काठमाडौंले आफ्नो पुरानो ख्यातिमात्र फर्काउने निश्चित छ । यसो भए काठमाडौं सबैभन्दा प्रदूषित शहर नभइ सबैभन्दा चित्ताकर्षक र स्वच्छ शहरको रुपमा आफुलाई चिनाउन पनि सक्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: