×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणको सुन बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणको सुन बरामद

Artha Sarokar

४ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद गरिएको छ ।

बुधबार विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बाहिरिएको सुराकीका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको हो । विभागले उक्त सुन ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सिनामंगलबाट बरामद गरेको हो । बरामद गरिएको सुन एक अर्बभन्दा बढी मूल्यको रहेको अनुमान गरिएको छ ।

विभागको टोलीले बुधबार तयारी पोसाक, गार्मेन्टलगायतको कार्गो निरीक्षणका क्रममा सुन फेला परेको थियो । बरामद भएको उक्त सुन हालसम्मकै ठूलो परिमाणको भएको विभागले जनाएको छ । विभागका अनुसार बरामद गरिएको सुन ८० देखि १ क्विन्टलसम्म रहेको अनुमान गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी