काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन तस्करीमा नाम मुछिएका व्यवसायी दिपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नभएको बताएका छन् । मल्होत्राले बिहीबार पत्रकार सम्मेलन गरी सुन प्रकरणमा आफू संलग्न नभएको दावी गरेका हुन् ।
‘सुन तस्करीमा म संलग्न हुन सक्ने आशंका गर्दै मेरो तस्बिरसहित प्रकाशित समाचार कपोलकल्पित, भ्रामक र झुटा हुन्,’ उनले भने, ‘आजका दिनसम्म मैले कानुनविपरीत कुनै काम गरेको छैन । मैले र मेरो परिवारले सञ्चालन गरेका सबै संस्था कानुनअनुसार छन् ।’
विभिन्न संचारमाध्यममा आफु संलग्न नभएको विषयमा श्रोतलाई आधार मानेर कपोलकल्पित समाचार प्रकाशित गरेको प्रति मल्होत्राले आपत्ति जनाएका छन् । ‘म संलग्न नभएको विषयमा स्रोतलाई आधार मान्दै कपोलकल्पित समाचार प्रकाशित भएको छ,’ उनले भने, ‘आजसम्म म कुनै पनि प्रकारका अवैध धन्दामा संलग्न थिइन । राज्यले सुन तस्करीमा मेरो संलग्नता पुष्टि गर्न सक्यो भने नेपालको कानुनअनुसार जुनसुकै सजाय भोग्न तयार छु ।’
बुधबार विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सिनामंगलबाट बरामद गरिएको थियो । बरामद गरिएको सुन एक अर्बभन्दा बढी मूल्यको रहेको अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्