Skip to content
LAXMI SUNRISE BANK

सुन तस्करी प्रकरणः थप सय किलो सुन विमानस्थलभित्रै रहेको आशंका, विभागले थाल्यो विशेष अपरेशन !

अर्थ सरोकार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्रै थप १०० किलो सुन रहेको आशंका गरिएको छ । बुधबार झण्डै १ क्विन्टल सुन बरामद गरिएसँगै विभागले विमानस्थल भन्सारभित्र थप १०० किलो सुन रहेको आशंका गरेको हो ।

सोही आशंकाका आधारमा राजस्व अनुसन्धान विभागले विशेष अपरेशन थालेको छ । विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ ।

विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK