काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनिया नागरिक जिक्वाङ लिङ एक वर्ष पहिले नै नेपाल आएको खुलासा भएको छ । तस्करीका मुख्य नाईके भनिएका लिङ पक्राउ पर्ने डरले नेपाल छोडेर भाग्दैगर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
लिङ उनी तिब्बत एयरबाट चीन जानका लागि विमानस्थल पुगेका थिए । लिङ नेपाल बस्ने भिसा नसकिँदै चीन फर्किन लागेका थिए । शंकाको घेराभित्र रहेका लिङ प्रकरण सतहमा आएसँगै चीन फर्किन लागेको थाहा पाएसँगै राजस्व अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले उनलाई एयरपोर्टबाटै पक्राउ गरेको हो ।
लिङ व्यापारिक भिसामा नेपाल आएका थिए । उनको नेपाल बस्ने भिसाको अवधि अगस्ट २०२३ सम्म थियो । पक्राउ परेका लिङले नेपालमा कार्गो कम्पनी पनि सञ्चालन गरेका थिए । उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो । स्रोतका अनुसार उनको उक्त कम्पनीको कार्यालय महाराजगञ्जमा रहेको छ ।
उक्त कम्पनीको कार्यालय महाराजगञ्जमा रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ । २०२२ डिसेम्बर १३ मा नेपाल आएका ती चिनियाँ नागरिक त्यसपछि गएको तथ्य देखिएको छैन । उनले नेपाल बस्दा तीन पटक भिजिट भिसासमेत लिएका थिए। २०२२ को सेप्टेम्बर २८ मा तीन महिनाको भिजिट भिसा लिएका थिए। फेरि २०२३ मार्च १० गते पनि तीन महिनाको भिजिट भिसा नै थपेर नेपाल बसेको पाइएको छ ।
त्यसपछि उनले १६ अप्रिल २०२३ मा तेस्रो पटक तीन महिनाको भिजिट भिसा थपेका थिए भने उनले अन्तिम पटक २०२३ मे ११ मा तीन महिनाको व्यापारिक भिसा लिएका थिए । जसको अवधि २०२३ अगस्ट ९ सम्म रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्