काठमाडौं । सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द नलिम्बित भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि मिलेमतोको आशंकामा चन्दलाई निलम्बन गरिएको हो ।
बरामद भएको सुन त्रिभुवन विमानस्थलमा हालसम्मकै ठूलो परिमाणको भएको भन्सार विभागले जनाएको छ । भन्सार कार्यालयकै कमजोरीका कारण सुन तस्करी भएको आशंकामा विभागले भन्सार कार्यालयका अन्य कर्मचारीलाई पनि निलम्बन गर्ने तयारी गरेको छ । विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरी ? भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको छ ।
विमानस्थलको भन्सार कार्यालयले पत्ता लगाउन नसकेको सुन सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार बरामद गरिएको सुन ८० देखि १ क्विन्टलसम्म रहेको अनुमान गरिएको छ । मोटरसाइकल तथा स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा लुकाएर उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालय अगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो ।
उक्त सुन हङकङबाट ल्याइएको बताइएको छ । तस्करीमा संलग्न केही व्यक्ति र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्