×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको आरोप- ‘प्रतिपक्षमा बस्नुपर्दाको पीडा खप्न नसकेर एमालेले बारम्बार संसद अवरुद्ध गर्यो’

PRIME CA

अर्थमन्त्रीको आरोप- ‘प्रतिपक्षमा बस्नुपर्दाको पीडा खप्न नसकेर एमालेले बारम्बार संसद अवरुद्ध गर्यो’

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमालेले प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।

जनकपुर पुगेका अर्थमन्त्री महतले प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि बढ्न नसकेको तर्क गरेका छन् । ‘सहज रुपमा सरकारलाई स्वीकार गर्ने गर्नुपर्यो ।’, उनले भने, ‘प्रतिपक्षमा बस्ने बित्तकै त्यसलाई सहनै नसक्ने त गर्न भएन नी ।’

पछिल्ला दिन एमालेले बिना कारण संसद अवरुद्ध गरेको भन्दै अर्थमन्त्री महतले सदन बन्द हुदाँ कयांै काम रोकिएको बताका छन् । ‘संसद भनेको जनताद्धारा निर्वाचित जनप्रतिनिधिले समसामयीक विषयमा घनिभूत छलफल गर्ने थलो हो । ऐन कानून बनाउने थलो हो । कतिपय ऐन हामीले संघीय संरचना अनुसार परिर्माजन गर्नुपर्ने छ । संघीय व्यवस्थालाई हामीले घनिभूत गर्नु छ । स्थानीय निकायलाई बलियो बनाउनु छ । प्रदेश संरचनालाई बलियो बनाउनु छ ।’, उनले भने, ‘संसद नचल्दा संघीय कानुन नबनेर स्थानीय प्रदेश कानुन बनाउन अड्चन आइहरेको छ ।’

त्यस्तै, आफूहरु प्रतिपक्षमा रहदाँ अनावश्यक रुपमा सदन अवरुद्ध नगरेको अर्थमन्त्री महतले दाबी गरेका छन् । विभिन्न बाहनामा संसदलाई बन्धक बनाउनु ठिक नभएको बताउँदै उनले यो कार्यको अन्त्य हुनुपर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: