Skip to content
LAXMI SUNRISE BANK

इमान्दार छविका चन्द्रदेव जोशीलाई ललिता निवासका नाममा प्रहरीको निरन्तर हैरानी, बयान लिन बोलाएर किन फिर्ता पठाइयो ?

अर्थ सरोकार

पूर्वमन्त्री चन्द्रदेव जोशीले विहान फेसबुकमा आफ्नो फोटो राख्दै लेखे- ‘पहिलोपटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनुभयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिएँ । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।’ र आज दिनभर सामाजिक संजालमा उनको यो पोष्ट भाईरल छ ।

केहि समय अघि आफु फरार भएको भन्ने आशयसहित आएका समाचारहरुको खण्डन गर्दै उनले आफु फरार नभएको दाबी गरेका थिए ।

‘वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ । तर समाचार माध्यमहरुमा आए अनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषदमा निर्णय हुँदा म मन्त्री पदमा थिईँन । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालिन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइन । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् ।’ उनले फेसबुकमा लेख्दै भनेका थिए ।

आफुमाथि लागेको आरोपको थप खण्डन गर्दै उनले आफुले मन्त्रीका रुपमा निर्णयका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजान सहमति मात्र दिएको दाबी गरेका थिए । ‘यसअघि पनि पटक पटक जानकारी दिए अनुसार नै आदालतको दोस्रो ताकेता पछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीकाे मन्त्रीका रुपमा मेरो मार्फत निर्णकालागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हाे । सो सम्बन्धी निर्णय प्रकृयामा मेरो कुनै सहभागिता छैन । जे जसाे भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेराे पूरा सहयाेग रहने छ ।’

यो देशमा सबै नेता चोर, फटाहा, लफंगा छैनन् । चन्द्र देव जोशीजस्ता इमान्दार नेताहरु पनि अझै छन् हाम्रो नेपालमा । तर के गर्नु सरकार र प्रहरी यीनै इमान्दारहरुलाई दुख दिन्छ । हिजो होस् वा आज, चन्द्रदेव जोशी निष्ठाका पर्या हुन् । र यस्ता इमान्दार व्यक्तिलाई प्रहरीले दिएको दुख खेदजनक छ । नबिराउनु, नडराउनु भन्ने मान्यता बोकेर जोशी बाले नेपाल प्रहरीलाई गरेको सहयोगको सत्प्रयास अनुकरणीय छ ।

र इमान्दारिताको नमुना बनेर, प्रहरीलाई सहयोग गर्न लौरो टेकेर यो झरीमा बयान दिन जाने जोशी सर प्रेरणादायी छन् र रहनेछन् । सरकार ! किन दुख दिन्छौ बयान दिन म तयार छु भनेर यो झरीमा लौरो टेकेर सीआईबीसम्म पुगेको एउटा इमान्दार नेतालाई ? अनि किन छोड्न खोज्छौ देश लुट्ने माफियाहरुलाई ! यो बुढ्यौली शरीर र इमान्दार छवीका चन्द्रदेव जोशीको प्रहरीले दुख दिएको गुनासोले तिमीलाई पोल्दैन र ?

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK