×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी जग्गा किर्ते प्रकरणः दाङका सिडिओलाई सिआईबीले फरार प्रतिवादी बनायो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सरकारी जग्गा किर्ते प्रकरणः दाङका सिडिओलाई सिआईबीले फरार प्रतिवादी बनायो !

Artha Sarokar

८ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारी जग्गा किर्ते प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दाङका सिडिओ सुशील वैद्यलाई फरार प्रतिवादी बनाएको छ । अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले आफ्नो प्रतिवेदनमा दाङका बहालवाला सिडिओ वैद्यलाई फरार प्रतिवादी बनाएको हो ।

वैद्य २०७० सालमा काठमाडौंको भूमिसुधार अधिकारी हुँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर जग्गा हिनामिना गरेको सीआईबीले निष्कर्ष निकालेको छ । यद्यपी सीआईबीले अनुसन्धानका क्रममा सिडिओ वैद्यसँग बयान भने लिएको छैन । सीआईबीले आफ्नो प्रतिवेदनमार्फत १ करोड ८ लाख ३ सय १० रुपैयाँ बिगो कायम गरी वैद्यविरुद्ध मुद्धा चलाउने राय दिएको छ ।

सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा वैद्यलाई संगठित अपराध र किर्ते मुद्धामा प्रतिवादीका रुपमा प्रस्तुत गरेको छ ।

वैद्यले आपराधिक समूहको स्थापना गरी संगठित रुपमा समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी कसुर गरेको देखिएको भन्दै वैद्यलाई प्रतिवादी बनाएको सीआईबीले स्रोतले बताएको छ । सरकारी जग्गा किर्ते प्रकरणमा आफूविरुद्ध मुद्धा अघि बढाउन सिफारिस भएको थाहा पाएपछि उनी हाल घरबिदामा बसेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी