काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा ३७.९६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको हिमालयन बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७५.६८ र सञ्चालन मुनाफा ११४.८१ प्रतिशत बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यस अवधिमा बैंकको ईपएस ३ रुपैयाँ १७ पैसा घटेर १५ रुपैयाँ ८ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ६३.४७ प्रतिशत बढेको छ भने कर्जा लगानी ५६.४२ प्रतिशत बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्