×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका शिक्षकलाई ‘नेतागिरी’ गर्न प्रतिबन्ध, प्रतिष्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्त गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौंका शिक्षकलाई ‘नेतागिरी’ गर्न प्रतिबन्ध, प्रतिष्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्त गरिने !

Artha Sarokar

४ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले मातहतका सबै विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको छ । शिक्षा क्षेत्र सुधारमा ‘एग्रेसिभ’ देखिएको महानगरले महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय शिक्षामा राजनीति हावी हुन थालेपछि महानगरले यस्तो ‘एक्सन’ लिएको हो । योसँगै अब काठमाडौं भित्र रहेका ८९ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिमा संलग्न हुन पाउने छैनन् ।

यदी महानगरको निर्देशन अटेर गर्दै सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारी राजनीतिमा संलग्न भएको पाइए महानगर ऐन अनुसार कार्वाही हुने महानगरले जनाएको छ ।

त्यस्तै, अब काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयको प्रधानाध्यापक हुनका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यसअघि बिना प्रतिष्पर्धा विद्यालयको प्रअ नियुक्ति गर्ने चलन रहे पनि अब प्रअ नियुक्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने महानगरले जनाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी