×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराईज बैंकको नाफा ४९ प्रतिशतले बढ्यो, ईपीएस घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

PRIME CA

लक्ष्मी सनराईज बैंकको नाफा ४९ प्रतिशतले बढ्यो, ईपीएस घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लक्ष्मी सनराईज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चौथो त्रैमासमा बैंकको नाफा ४९.४५ ले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आर्थिक वर्षमा सो नाफा बढेर २ अर्ब २६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ५८.८९ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा पनि बढ्न पुगेको हो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । जसअनुसार गत आर्थिक वर्षको अन्त्यसम्मको बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ ।

खुद नाफामा आकर्षक बढोत्तरी भए पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसाले घटेर १० रुपैयाँ ४० पैसामा सिमित भएको छ । भर्खरै मर्जरमा गएका लक्ष्मी र सनराईज बैंकले गत असार २९ गते मात्रै एकीकृत कारोबार सुरु गरेका थिए । २

१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ११२.३० प्रतिशत बढेको छ भने कर्जा लगानी १००.१३ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: