काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ रुपैयाँको सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेसँगै राष्ट्र बैंकले सो परिमाणमा सिक्का टकमरी गर्ने भएको हो ।
अहिले नेपाल राष्ट्र बैंकले १ र २ रुपैयाँको सिक्का मात्रै टकमरी गर्दै आएको छ । तर, सरकारले स्वीकृति दिने निर्णय गरेसँगै अब ५ रुपैयाँ दरका सिक्का पनि प्रचलनमा आउने भएको छ ।
नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५–पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै गर्न सक्ने व्यवस्था रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताएका छन् । पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिको स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ ।
प्रचलनमा ल्याइने भनिएको ५ रुपैयाँ दरको नयाँ सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित रहने राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्