कठमाडौं । काठमाडौं उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढेको छ ।
पछिल्लो समय बजारमा मन्दीको प्रभाव बढ्न थालेपछि न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या पनि बढेको हो । न्यायिक समितिमा पर्ने उजुरीहरुमध्ये अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका उजुरी दिनेहरुको रहेको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताएकी छिन् ।
‘पछिल्लो समय न्यायिक समितिमा उजुरी दिनेहरु बढेका छन् । जसमध्ये धेरैजसो उजुरी पसल बन्द गर्ने र सटर खाली गर्नुपर्यो भन्ने खालका रहेका छन् ।’, उनले भनिन्, ‘न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरु बन्द गराइदिन र खालि गराइ पाउँ भन्ने किसिमले पर्ने गरेका छन् ।’
न्यायिक समितिमा यस्ता उजुरी पर्नुको कारण अर्थतन्त्र चलायमान हुन नसक्नु रहेको उपमेयर डंगोलको भनाई छ । ‘धेरै जनाले यो आर्थिक मन्दी आभाष गरिरहनु भएको छ । अर्थतन्त्र चलायमान नभएको भन्ने पनि यसले संकेत दिन्छ । यस्ता खालका विषयवस्तुहरु बढी आउन थालेको छ ।’, उनले भनिन्, ‘उजुरी पर्ने क्रम बढ्दो छ । यसले राम्रो संकेत गर्दैन ।’
त्यस्तै, उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तिब्रता दिने समेत बताएकी छिन् । ‘महानगरको नीतिअनुसार नै शिक्षा, स्वास्थ्य, खाद्यान्नसँगै योजना अनुगमनको पाटोलाई पनि प्रमुख विषय बनाएर अघि बढिरहेका छौँ ।’, उनले भनिन्, ‘स्थानीय सरकारले हरेक उपभोक्ताले उपभोग गरिरहेको कुरा ठिक छ भन्ने विश्वास गर्ने वातावरण बन्नेगरी काम गर्छौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्