काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, लोकल सानो गोलभेँडाको न्युनतम मूल्य ७० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ६० रुपैयाँ न्युनतम मूल्यमा बिक्री भईरहेको छ ।
यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँ, घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ७० रुपैयाँ तोकिएको छ । तितो करेला ३५, लौका ४०, परवल ३५, घिरौला ३०, फर्सी पाकेको ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२०, कागती १३० रुपैयाँ, अनार ३२० रुपैयाँ न्युनतम मूल्य रहेको छ । आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम १८०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्