काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री भईरहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने १० रुपैयाँले घटेर ७० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ र सेतो आलु ३६ रुपैयाँ न्युनतम मूल्य रहेको छ । स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।
यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भईरहेको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, भटमासकोशा ७० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ४०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ४०, हरियो फर्सी ६०, कन्ने च्याउ १८०, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।
त्यस्तै, रायोको सागमा मूल्य बढेर आएको छ । शनिबार प्रतिकेजी ७० रुपैयाँ रहेको साग आज ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।
समितिका अनुसार फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०, अंगुर कालो ४५०, तरबुजा हरियो ७०, मौसम १८०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्