×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असहायसँग हिमान्सीको जन्मदिन… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

असहायसँग हिमान्सीको जन्मदिन… (फोटो-कथा)

Artha Sarokar

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । जन्मदिन अक्सर सबैका लागि खास हुन्छ । हरेक वर्ष आफू जन्मेको दिन आफ्नो जन्मोत्सवको अवसरमा जन्मदिन मनाइने चलन छ । अझ खासगरी पछिल्लो पिढीहरु जन्मदिन मनाउने कुरामा निकै खर्चिलो बन्दै गएका छन् । होटल तथा रेष्टुरेन्टमा साथिभाई जम्मा भई ‘बर्थडे पार्टी’का नाममा लाखौँ रुपैयाँ खर्च गर्छन् पछिल्लो पुस्ता । तर, केहीले भने जन्मदिनलाई भव्य भन्दा पनि सव्य भएर मनाउँदै आएका छन् ।

धनगढीकी १३ वर्षीय हिमान्सी सिंहले पछिल्लो केही वर्षदेखि आफ्नो जन्मदिन असहाय तथा साहराविहीनहरुसँग मनाउँदै आएकी छिन् । यसैबीच हिमान्सीले आफ्नो १३औँ जन्मदिन पनि असहाय तथा साहरविहीनसँगै मनाएकी छिन् । उनले धनगढीको कैलाली गाउँस्थित दृष्टि फाउन्डेसनमा पुगेर आफ्नो जन्मदिन मनाएकी हुन् ।

सानैदेखि सामाजिक कार्यमा अग्रसर हिमान्सीले ‘खान पुगोस्, दिन पुगोस्’ भन्ने मुल्य ध्येयका साथ सञ्चालित दृष्टि फाउन्डेसनमा जन्मदिन मनाएकी छिन् । जन्मदिनको अवसरमा उनले फाउन्डेसनमा रहेका ६० जना असहाय तथा साहराविहीनहरुको लागि भोजन सहयोग गरेकी हुन् । मानसिक रुपमा अस्वस्थ एव्म साहराविहीनहरुलाई एकछाक भए पनि मिठो खुवाउन पाउँदा खुसी लागेको उनले बताइन् । ‘बर्थडेमा म त खुसी हुने नै भएँ । मसँगै अरु दुईचार जना पनि खुसी हुन् भनेर यसरी बर्थडे मनाएकी हुँ ।’, उनले भनिन्, ‘साह्रै खुसी लागेको छ । आगामी दिनमा पनि यसरी नै असहायहरुको साहरा बन्छु ।’

यसरी सानै उमेरदेखि नै सामाजिक कार्यमा अग्रसर भएको भन्दै दृष्टि फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले हिमान्सीलाई धन्यबादसँगै बधाई दिएकी छिन् । हिमान्सीले यसअघि धनगढीस्थित आमाको माया छात्रावासमा खाद्यान्न सहयोग गरेकी थिइन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी