Skip to content
LAXMI SUNRISE BANK

बालेनको आग्रहलाई अटेर गर्दै महानगरका शिक्षक आन्दोलनमा, शिक्षकको  तलब काट्ने महानगरको तयारी !  

अर्थ सरोकार

काठमाडौं । विद्यालय बन्द नगर्न काठमाडौं महानगरपालिकाको आग्रहलाई अवज्ञा गर्दै काठमाडौंका शिक्षकहरु आन्दोलनमा सहभागी भएका छन् । महानगरको आग्रह अस्वीकार गर्दै काठमाडौंका शिक्षकहरुले बुधबारदेखि सुरु भएको काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी हुने निर्णय गरेका हुन् । 

आफूहरुको उद्धेश्य पढाई प्रभावित पार्ने नभएको भन्दै आफ्ना मागहरु पूरा नहुन्जेल आन्दोलनमा सहभागी हुने निर्णय गरेको एक विद्यालयका प्रधानाध्यापकले बताएका छन् । 

‘शिक्षकहरुको आन्दोलन रहरको आन्दोलन होइन । शिक्षकहरु विद्यालय छोडेर सडकमा उत्रिनु बाध्यता हो ।’, ती प्रअले भने, ‘शिक्षकका जायज माग पूरा हुनुपर्छ । यसमा स्थानीय तहले सहयोग गर्ने हो, विरोध होइन । कारवाही नै भए पनि हामी आन्दोलनमा सहभागी हुन्छौँ ।’ 

यसो त काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध गरे कारवाही गर्ने चेतावनीसमेत दिएको छ । तर पनि बिहीबार काठमाडौंका विद्यालयहरु बन्द भएका छन् भने प्रधानाध्यापक तथा शिक्षकहरु आन्दोलनमा सहभागी हुने भएका छन् । 

तर, विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी भए महानगरले आन्दोलनमा जाने शिक्षकहरुको तलब काट्ने तयारी गरेको महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार विद्यालय बन्द भएको वा नभएको, को–को शिक्षक आन्दोलनमा गए ? भन्ने अनुगमनका लागि महानगरले विद्यालयहरुमा नगर प्रहरी परिचालन गर्ने भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK