×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकार र शिक्षक प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष टुंगियो, भोलि स्कुल बन्द हुन्छ कि हुँदैन ?

PRIME CA
GLOBAL IME BANK

सरकार र शिक्षक प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष टुंगियो, भोलि स्कुल बन्द हुन्छ कि हुँदैन ?

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । बिहीबार गृहमन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, सचिव सुरेश अधिकारी र शिक्षक प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

वार्तामा सरकार पक्ष र आफूहरुबीच सहमति हुन नसकेपछि बिहीबार बिहान भएको वार्ता बिना निष्कर्ष टुंगिएको स्रोतले बताएको छ ।

‘वार्तामा शिक्षकहरुका मागबारे घनिभूत छलफल भयो । केही विषयमा सामान्य विवाद पनि भयो । तर, वार्ता निष्कर्षमा पुग्न भने सकेन ।’, स्रोतले भन्यो, ‘वार्ता नै निष्कर्षमा नपुगेपछि शिक्षकहरुको आन्दोलन स्थगित हुने छाँटकाँट छैन । सरकार पक्ष सहमति जुटाउन प्रयासरत छ ।’

बुधबारदेखि देशभरका शिक्षकहरु विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरी, पठनपाठन ठप्प पारी काठमाडौं केन्द्रित सडक आन्दोलनमा होमिएका छन् । बिहीबारको वार्तापछि आन्दोलन टुंगिन्छ भन्ने अपेक्षा रहे पनि वार्ता नै निष्कर्षबिहीन भएपछि आन्दोलनले निरन्तरता पाउने भएको छ । योसँगै देशभरका विद्यालयहरु बन्द नै रहने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: