×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रशारणले नेपालमा सुरु गरेको ‘बाहुबली थाली’को कथा (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रशारणले नेपालमा सुरु गरेको ‘बाहुबली थाली’को कथा (भिडियो)

२३ भाद्र २०८०, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । अहिले सामाजिक संजालमा ठुलो थालीमा टन्न खाना राखेर खिचिएका फोटोहरु चर्चित छन् । कपनको काठमाडौंको कपनस्थित ज्योति चोकमा रहेको भोजन अनलिमिटेड रेस्टुरेन्ट एन्ड बारमा बाहुबाली थाली सेट खान पुगेकाहरु खाना अघि फोटो खिच्छन् र सामाजिक संजालमा राख्छन् । टिकटकमा यो थाली सेटको चर्चा झन् बढी छ । बाहुबली थाली सेट पस्कने रेष्टुरेण्ट र तिनका सञ्चालक प्रशारण जोशी आफैँ टिकटकमा ‘एक्टिभ’ भएका कारण पनि टिकटकमा यसको चर्चा बढी छ । यसअघि यो थालीको नाम महाराजा थाली सेट थियो । पछि नाम परिवर्तन गरेर बाहुबली थालीसेट बनाइयो ।
कस्तो छ बाबुबली थाली ?
बाहुबली थाली सेट चर्चित हुनुको मुख्य कारण भनेको यसको भव्यता हो । २६ देखि ३० परिकारसम्म राखेर ‘सर्भ’ हुने यो खाना ४ जनादेखि ८ जनासम्मका लागि पर्याप्त हुन्छ । यहि कारण यो थाली खान समूह-समूह आउँछन् । ७ जनाले एक दिन थकाली खाना खाने हो भने पनि औसतमा ३५०० रुपैयाँ पर्छ राम्रो रेष्टुरेन्टमा । सो रकममा यो भव्य थाली सेट पाइने हुनाले पनि यहाँ आउनेहरुको संख्या निकै बढी छ ।
बाहुबली थाली सेटमा मटन, चिकेन र भेज गरी तीन थरीको बिरयानी हुन्छ । यस अलावा सात किसिमको तन्दुरी परिकार, सोहि अनुसारको तरकारी, र मासुका परिकार हुन्छन् । मासुका परिकारमा पनि चिकेन र मटन दुवै हुन्छ । जेरी, लालमोहन लगायतका मिठाइ, दही र लस्सी पनि हुने यो सेटमा दाल, भात, र तरकारी पनि हुन्छ । हुन त एकै सेटमा भेज-ननभेजहरु पनि रमाउन सक्छन् । तर पूरै भेज सेट तयार गर्न अर्डर भयो भने यस्तो साकाहारी बाहुबली थाली सेट पनि तयार गर्छ भोजन अनलिमिटेडले ।
विहान ११ बजेदेखि बेलुकी ११ बजेसम्म खुल्ने रेष्टुरेण्टमा एकै दिन ५७ थालीसम्म बिकेको रेष्टुरेण्ट संचालक जोशी बताउँछन् । प्राय: बेलुकीको खानाका लागि ग्राहकहरु यहाँ बढी आउने गरेका छन् । अरु दिन भन्दा शनिबार बढी भीड हुने यो ठाउँमा परिवार बढी आउँछन् । रेष्टुरेण्ट सञ्चालक जोशीका अनुसार करिव २० देखि ३० मिनेट सेट तयार गर्न नै लाग्ने हुनाले पहिला नै बुकिङ्ग गरेर आउनेहरुको संख्या बढी छ ।
रेष्टुरेण्ट पुगिसकेपछि थाली तयार नहुन्जेलसम्म ग्राहकले पानीपुरी खान पाउँछन् । यो थालीकै सेटमा पाइने र अतिरिक्त रकम नलाग्ने सेवा हो । सञ्चालक जोशीका अनुआर थालीमा रहेको सबै खाना करिव १३ किलोको हुन्छ भने पूरै सेटको मूल्य ३५ सय रुपैयाँ पर्छ । समय-समयमा रेष्टुरेण्टले विशेष छुट पनि ल्याईरहेको हुन्छ ।
२९ बर्षीय ठिटोले सुरु गरेको ‘बिजनेश’!
यो रेष्टुरेण्टका संचालक प्रशारण जोशी भर्खर २९ बर्षका भए । उनले यो  रेष्टुरेण्टमा मात्र करिव ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।  २०७३ सालमा डेनमार्क गएका उनले त्यहाँको निल्स ब्रक कोपनहेगन बिजनेस कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक तहको पढाइ पूरा गरेका छन्। उनी त्यसपछि नेपाल आएका थिए । उनको यो कन्सेप्ट भने डेनमार्क रहँदैको हो । २०७७ सालमा नेपाल फर्किएपछि २०७८ भदौमा उनले भोजन अनलिमिटेड रेस्टुरेन्ट एन्ड बार खोले । उनी आफैँ रेष्टुरेण्टका मालिक भए पनि उनी भान्सामा पनि विशेष ध्यान दिन्छन् । उनी ललितपुरको जावलाखेलमा पनि भोजन अनलिमिटेडको शाखा सञ्चालनको तयारीमा छन् । असोज दोश्रो साताबाट उनको नयाँ साखा सुरु हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: