×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा बालेन, भन्यो- ‘बालेनले लगाउने चस्मा र पहिरन नै ब्राण्ड हो’

PRIME CA

टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा बालेन, भन्यो- ‘बालेनले लगाउने चस्मा र पहिरन नै ब्राण्ड हो’

२८ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विश्व प्रतिष्ठित म्यागजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ ।

टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको र उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ । टाइम म्यागजिनले कलाकार, प्रतिभावान् पपगायक, अन्वेषक, नेता, वकालतजस्तो विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ ।

आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको हो । जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन् ।

पुराना राजनीतिक दलहरूको विकल्पका रुपमा उदाएका ३३ वर्षीय बालेनले स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । म्यागजिन टाइले बालेनले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत ठूलो मत आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: