×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिरुवा मास्ने शिक्षकलाई मेयर शाहको व्यङ्ग्य…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिरुवा मास्ने शिक्षकलाई मेयर शाहको व्यङ्ग्य…

Artha Sarokar

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंका सडकमा आन्दोलनरत शिक्षकलाई व्यङ्ग्य गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा माडिएको बिरुवा र दूबोको फोटो सार्वजनिक गर्दै शिक्षकहरुलाई व्यङ्ग्य गरेका हुन् । 

मेयर शाहले फेसबुकमा पोष्ट गरेको व्यङ्ग्यात्मक स्टाटसमा नेपाली पुस्तकमा समावेश भएको लक्ष्मीप्रसाद देवकोटाको कविता राखेका छन् । उनले लेखेका छन्– ‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ ।’ 

आन्दोलनका क्रममा माइतीघर–बानेश्वर सडकखण्ड छेउछाउमा भएका रुख–बिरुवा तथा दुबो सखाप भएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि मेयर शाहले प्रतिक्रिया जनाउँदै उक्त फोटो फेसबुकमा सेयर गरेका हुन् । बालेनको उक्त पोस्टमा अधिकांशले आन्दोलनका नाममा लाखौँ खर्च गरेर रोपिएका बिरुवा र दुबो नष्ट गर्नू गलत भएको प्रतिक्रिया दिएका छन् । अझ धेरैले त सोही पोस्टमार्फत शिक्षकहरुको व्यङ्ग्यसमेत गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी