×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका कर्मचारीकै मिलेमतोमा मरिसकेका मान्छेका नाममा वृद्धभत्ता वितरण,विवरणसहित कार्वाही सिफारिस !

PRIME CA

बैंकका कर्मचारीकै मिलेमतोमा मरिसकेका मान्छेका नाममा वृद्धभत्ता वितरण,विवरणसहित कार्वाही सिफारिस !

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकका कर्मचारीकै मिलेमतोमा मरिसकेका मान्छेका नाममा पनि वृद्धभत्ता वितरण भएको पाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको छानविनका क्रममा धेरैजसो स्थानीय तहमा मरिसकेका व्यक्तिको नाममा पनि वृद्ध भत्ता बाँडिएको पाइएको हो ।

यसो त यसअघि सामाजिक सुरक्षाको रकम स्थानीय तहमार्फत सोझै नागरिकलाई वितरण गरिँदै आएको थियो । तर, यसरी रकम बाँड्दा अनियमितता बढी भएको भन्दै सरकारले सामाजिक सुरक्षाको रकम बैंकिङ प्रणालीमार्फत वितरण गर्ने व्यवस्था गरेको थियो । तर, सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ प्रणालीमा लगिए पनि स्थानीय तह र बैंकका कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको हिनामिना भइरहेको पाइएको हो ।

यतिसम्म कि रौतहटलगायतका केही जिल्लामा मरिसकेका मान्छे र एकै व्यक्तिको विवरण फरक पारेर भत्ता बाँड्ने गरेको पाइएको विभागका निर्देशक नवराज जैसीले बताएका छन् । जैसीका अनुसार यसरी बाँडिएको भत्ता स्थानीय तह र बैंकका कर्मचारीले चलाउने गरेको पाइएको छ । योसँगै विभागले थप अनुसन्धान र कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटी) लागू भएका ४८ वटा स्थानीय तहमा पछिल्लो समय सामाजिक सुरक्षा लागत एक्कासी घटेपछि विभागले छानविन गरेको थियो । सोही क्रममा विभिन्न स्थानीय तहले सामाजिक सुरक्षा भत्ताको पैसा बैंकका कर्मचारीसँग मिलेर हिनामिना गरेको पाइएको विभागका निर्देशक जैसीले बताएका छन् ।

त्यस्तै, विभागले दोहोरो सुविधा लिनेहरुमाथि पनि छानविन सुरु गरेको छ । पेन्सनलगायत राज्यबाट अन्य सुविधा पनि लिने र सामाजिक सुरक्षा भत्ता पनि लिनेहरुमाथि छानविन सुरु गरिएको हो । यसरी दोहोरो सुविधा लिनेको संख्या करिब दुई हजार ८ सय देखिएपछि छानविन सुरु गरिएको विभागले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: