×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं.०५ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १२ मंगलबजार  बस्ने ३२ वर्षीय चेतना श्रेष्ठ र पर्सा जिल्ला निर्मलबस्ती नगरपालिका वडा नं. २ स्थाई घर भई हाल काभ्रेपालनचोक जिल्ला बनेपा नगरपालिका वडा नं.९ बस्ने ४४ वर्षीय मुक्तिराज बोम्जन रहेका छन् ।

श्रेष्ठले राधेश्याम बानियालाई साइप्रस पठाईदिन्छु र साइप्रस पुगेपछि कृषि फार्ममा काम लगाईदिन्छु, मासिक १ लाख ५० हजार तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारेर ७ लाख ५० हजार ठगि गरेकी थिइन् । त्यस्तै,बोम्जनले ७ जनालाई युके पठाईदिने भन्दै २० लाख ठगी गरी सम्पर्क विहिन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई मंगलबजारबाट र बोम्जनलाई धुलिखेल बजारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी