×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र दयनीय अवस्थामा छ, चलायमान हुन्छ भनेर अटो शो गर्यौँ*’ : ध्रुब थापा, अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन (भिडियो)

PRIME CA

‘अर्थतन्त्र दयनीय अवस्थामा छ, चलायमान हुन्छ भनेर अटो शो गर्यौँ*’ : ध्रुब थापा, अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन (भिडियो)

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुब थापाले देश दयनीय अवस्थामा रहेको बताएका छन् । अर्थमन्त्रीले ‘मान्छेसँग पैसा छ, तर खर्च गर्न डराईरहेका छन्’ भन्ने अभिव्यक्ति दिएपछि त्यस विषयमा अर्थ सरोकारलाई आफ्नो धारणा दिने क्रममा उनले अर्थमन्त्रीले नबुझी त्यसो भनेको र अहिलेको अर्थतन्त्रको अवस्था दयनीय भएको तर्क गरेका हुन् । अर्थ सरोकारसँग कुराकानी गर्दै थापाले यहि अवस्था अरु केहि समय रहे नेपालको स्थिति श्रीलंकाजस्तो हुने दाबीसमेत गरेका छन् ।
‘अहिलेको स्थिति दयनीय भईसकेको छ । यहि अवस्था अरु केहि समय रहे श्रीलंकाको स्थितिमा नेपाल जान्छ कि भन्ने जस्तो भईसक्यो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले भने-‘आन्तरिक परिचालनमा समस्या हुँदा यस्तो अवस्था देखिएको हो ।’
‘अनि तपाईंले भनेजस्तै अर्थतन्त्रको स्थिति यस्तो भएका बेला यो गाडी किन्ने वा गाडीमा लगानी गर्ने समय हो त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘पक्कै होइन । तर अर्थतन्त्र चलायमान बनाउन सबैले एक अर्कालाई सहयोग गर्नुपर्छ । सेयर बजार राम्रो भए, अटो मार्केट पनि राम्रो हुन्छ । अटो मोबाइल राम्रो भए रियल सेक्टर पनि राम्रो हुन्छ, रेष्टुरेन्ट पनि राम्रो हुन्छ, यो एउटा चेन इफेक्ट हो ।’
अटो शो गर्ने कि नगर्ने भन्ने कुरामा पनि नाडा भित्रै मतभेद रहेको र अधिकांशले यसपाली अटो शो नगरौं नै भनेकोसमेत उनले बताए । ‘मन्दीका बेलामा नाडा अटो शो गर्ने कि नगर्ने भन्ने विषयमा हामीबीच पनि निकै छलफल भएको थियो । नगर्दा हुन्छ भन्ने साथीहरु धेरै थिए । तर यसले अर्थतन्त्रलाई चलायमान बनाउन क्षमता राख्ने हुने हुनाले जति सेल्स भए पनि हुन्छ, गरौँ भनेर हामीले अटो शो गर्ने निर्णय गर्यौँ ।’ थापाले भने ।
https://www.youtube.com/watch?v=CTmD9MGJurk
* यसअघिको हेडलाइन ‘अर्थतन्त्र दयनीय अवस्थामा छ, यो गाडी किन्ने समय होइन’ थापाको अनुरोधमा परिवर्तन गरिएको छ ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: