×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनामै वैदेशिक अध्ययनमा ११ अर्ब रुपैयाँ बाहिरियो

अर्थ सरोकार

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार

PRIME CA

एक महिनामै वैदेशिक अध्ययनमा ११ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा मात्रै नेपालबाट अध्ययनका लागि झण्डै ११ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गत साउन महिनामा मात्रै नेपालबाट पौने ११ अर्ब रुपैयाँ वैदेशिक अध्ययनमा बाहिरिएको हो । वैदेशिक अध्ययनमा बाहिरिएको उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशत बढी हो ।

यसो त गत आर्थिक वर्ष २०७९ ८० को साउनमा वैदेशिक अध्ययनका लागि भन्दै नेपालबाट ७ अर्ब १३ करोड रुपैयाँ विदेशिएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कम हो ।

पछिल्लो समय नेपालबाट अध्ययनका लागि भन्दै विदेशिनेहरुको संख्या बढेपछि बाहिरिने विदेशी मुद्रा पनि बढ्दै गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा मात्रै नेपालबाट यो शिर्षकमा १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यसवर्ष अध्ययनका लागि भन्दै विदेश जानेहरुको संख्या झनै बढेको छ । यसले चालु आर्थिक वर्षमा वैदेशिक अध्ययनमा विदेशिने रकम ठूलो हुने जानकारहरु बताउँछन् ।

हाल उच्च शिक्षाका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा राज्यको प्रमुख चुनौतिका रुपमा देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: