×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीको अर्को केसमा जिबी राईविरुद्ध अर्को पक्राउ पुर्जी जारी, राई भागेको भाग्यै ! 

अर्थ सरोकार

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार

PRIME CA

सहकारी ठगीको अर्को केसमा जिबी राईविरुद्ध अर्को पक्राउ पुर्जी जारी, राई भागेको भाग्यै ! 

काठमाडौँ । सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएर प्रहरीको फरार सूचीमा रहेका गितेन्द्रबाबु राई (जिबी) विरुद्ध सहकारी ठगीको अर्को केसमा पनि पक्राउ पुर्जी जारी भएको छ । राईविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको करोडौँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी भएको हो । 

राईविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाले पुष्टि गरेका छन् । डीएसपी थापाका अनुसार राईसँगै अन्य १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी हुनेमा सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिबी), वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि मानन्धर, पूर्व कोषाध्यक्ष कुमार रम्तेल रहेका छन् । 

त्यस्तै, सहकारीका सञ्चालक समिति सदस्य देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास, पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूवसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

यसो त जिल्ला अदालत पर्साले पक्राउ पूर्जी जारी गरेका जिबी राईविरुद्ध यसअघि जिल्ला अदालत कास्कीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा कास्की अदालतले राईसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको थियो । 

तर, देशभर सहकारी नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी रकम ठगी गरेको आरोप लागेका जिबी राई भने फरार छन् । जिबी राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत हुन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: