×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले सुन आयातको सीमा बढायो, अब दैनिक २० किलोसम्म सुन ल्याउन मिल्ने !

अर्थ सरोकार

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार

PRIME CA

राष्ट्र बैंकले सुन आयातको सीमा बढायो, अब दैनिक २० किलोसम्म सुन ल्याउन मिल्ने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अब दैनिक २० किलो सुन आयात गर्न दिने भएको छ । एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले अब दैनिक २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।

यसअघि राष्ट्र बैंकले दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो । तर, दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएसँगै अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने भएको छ । खासगरी दशैँतिहारलाई लक्षित गर्दै दैनिक आयात गर्न पाउने सुनको सीमा बढाएको राष्ट्र बैंकले जनाएको छ ।

यसो त सुनको खपत तथा माग हुने सिजन सुरु भएको भन्दै सुनचाँदी व्यवसायीहरुले यसअघि नै सुन आयातको कोटा बढाउन माग गरेका थिए ।

व्यवसायीहरुको माग अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको कोटा बढाउने निर्णयसहित गरिएको पत्राचारअनुसार राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको हो । योसँगै अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: