×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाथवेको आईपीओमा मागभन्दा ९.९६ गुणा बढी आवेदन, सोमबार आवेदन दिने अन्तिम दिन

PRIME CA

हाथवेको आईपीओमा मागभन्दा ९.९६ गुणा बढी आवेदन, सोमबार आवेदन दिने अन्तिम दिन

२५ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । सीडीएससीका अनुसार लगानीकर्ताले भदौ २५ गते (सोमबार) कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

सिडिएससीका अनुसार भदौ २४ गते साँझसम्ममा हाथवे इन्भेष्टमेन्टको आईपीओमा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ९.९६ गुणा बढी हो ।

कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको । २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ भने बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: