×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब खातामा पैसा नभई आईपीओ भरे तत्काल रिजेक्ट हुने !

PRIME CA

अब खातामा पैसा नभई आईपीओ भरे तत्काल रिजेक्ट हुने !

१० आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्काल रिजेक्ट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ/एफपीओ सम्बन्धी एपीआई कार्यविधि कार्यान्यवनमा ल्याएसँगै बैंक खातामा पैसा नभई आईपीओ भरे तत्काल रिजेक्ट हुने भएको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार रियल टाइम डाटाका लागि यस्तो व्यवस्था गरिएको हो । यो सँगै अब सुरुमा आईपीओमा ठूलो संख्यामा आवेदन पर्ने तर पछि खातामा प्रयाप्त रकम नहुँदा आवेदन रद्ध गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यस्तो व्यवस्थासँगै अब आईपीओ जारी गर्ने कम्पनी र व्यवस्थापक दुवैलाई सहज हुने विश्वास गरिएको छ ।

बोर्डले कार्यान्वयनमा ल्याएको एपीआई कार्यविधिले वालेटहरुले इन्ट्रिग्रेसन गरेर पेमेन्ट गर्न सक्नेछन् भने सोझै सीडीएसको सिस्टममा इन्ट्रिग्रेसन पनि गर्न सकिनेछ । त्यस्तै, आस्वा सदस्यहरुलाई चाहिने डाटाहरु पनि एपीआईमार्फत दिन सकिनेछ ।

यो कार्यविधि लागू भएसँगै अब बैंक खातामा पैसा छ भने आवेदन तत्कालै भेरिफाइ हुनेछ भने खातामा पैसा नभए आवेदन तत्कालै रिजेक्ट हुनेछ । यसका लागि बैंकहरुले आफ्नो सिस्टम भने डेभलप गर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: