काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा अनियमितता भएको निष्कर्ष निकालेको छ । जलहरी प्रकरणको अनुसन्धान गर्न गठन भएको आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको हो ।
मन्दिरमा सुनको जलहरी राख्ने क्रममा उठाइएको मुचुल्का अनुसार जलहरी जडान नभएको र पछि छानविन सुरु भएपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनुसन्धान टोलीले जलहरी राख्दा अनियमितता भएको निष्कर्ष निकालेको हो ।
अख्तियार स्रोतका अनुसार पशुपतिमा जलहरी राख्ने क्रममा मुचुल्का अनुसार जलहरी जडान नगरेको र पछि सुनको पेटी थप्ने काम हुनुले अनियमितता भएको पुष्टि हुने बताएका छन् । स्रोतका अनुसार जलहरी प्रकरणमा अनुसन्धान सुरु भएपछि नै कागजात सच्याउने र सुन भेटिने काम भएकोले यसले अनियमिततालाई थप पुष्टि गरेको छ ।
यसअघि पशुपतिनाथ मन्दिरको जलहरी निर्माणका लागि भन्दै १०८ किलो सुन खरिद गरिएको थियो । तर, जलहरी निर्माणपछि तयार गरिएको मुचुल्कामा ९६ किलो ८ सय २२ ग्राम सुन खपत भएको उल्लेख गरिएको छ । खरिद भएको सुन र जलहरीमा खपत भएको सुनबीचको हिसाब नमिलेपछि महालेखा परीक्षकको कार्यालयले जलहरीमाथि प्रश्न उठाएको थियो । त्यसपछि अख्यिारले थालेको अनुसन्धानका क्रममा जलहरी राख्दा अनियमितता भएको निष्कर्ष निकालेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्