×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरको टोली विद्यालय अनुगमनमा निस्कियो, विद्यालय बन्द गरेको पाइए कारवाही गरिने ! 

PRIME CA

काठमाडौं महानगरको टोली विद्यालय अनुगमनमा निस्कियो, विद्यालय बन्द गरेको पाइए कारवाही गरिने ! 

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरसहितको टोली विद्यालय अनुगमनमा निस्किएको छ । बिहीबार महानगरपालिका भित्रका विद्यालयहरुमा पठनपाठन भएको छ वा छैन ? भन्ने हेर्न उपमेयर सुनिता डंगोलसहितको टोली अनुगमनमा निस्किएको हो । 

शिक्षा विधेयकमा आपत्ती जनाउँदै काठमाडौंमा भईरहेको शिक्षक आन्दोलनकाबीच पठनपाठन भइरहेको छ वा छैन ? भन्ने हेर्न टोली अनुगमनमा निस्किएको हो । अनुगमनका क्रममा विद्यालय बन्द रहेको र पठनपाठन अवरुद्ध रहेको पाइए कारवाही गरिने अनुगमनमा सहभागी महानगरका एक अधिकारीले बताएका छन् । 

यसो त काठमाडौं महानगरपालिकाले यसअघि नै शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरेर पठनपाठन अवरोध नगर्न मातहतका विद्यालयलाई आग्रह गरेको थियो । तर, काठमाडौंभित्रका विद्यालयका प्रधानाध्यापकहरुले महानगरको आग्रहलाई अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए । सोही अनुरुप बिहीबार काठमाडौंका अधिकांश विद्यालयका शिक्षकहरु आन्दोलनमा सहभागी भएका छन् । 

अनुगमनका क्रममा कुनै पनि विद्यालयका शिक्षक विद्यालयमा अनुपस्थित नभएर आन्दोलनमा सहभागी भएको पाइए तलब कटौती गर्ने तयारीसमेत महानगरले गरेको छ ।

बिहीबार सरकारपक्ष र शिक्षकहरुको प्रतिनिधिबीचको वार्ता पनि निष्कर्षबिना नै टुंगिएको छ । वार्ता निष्कर्षविहीन भएपछि हाल देशभरका शिक्षकहरु काठमाडौंको माइतीघरमा भेला भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण अहिले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: