×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षकहरुको आन्दोलनले काठमाडौँका गल्ली-गल्लीमा जाम… (फोटो-कथा) 

PRIME CA
GLOBAL IME BANK

शिक्षकहरुको आन्दोलनले काठमाडौँका गल्ली-गल्लीमा जाम… (फोटो-कथा) 

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बुधबारदेखि काठमाडौंमा शिक्षकहरुको आन्दोलन चलिरहेको छ । देशभरबाट हजारौँ शिक्षकहरु शिक्षा विधेयकका कतिपय बुँदाहरुप्रति असन्तुष्टि जनाउँदै सडक संघर्षमा उत्रिएका छन् । आन्दोलनका कारण बुधबारजस्तै बिहीबार पनि काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त नै बन्यो । 

शिक्षक आन्दोलनका कारण तिनकुने-बानेश्वर-माइतीघर सडकखण्ड पूर्ण रुपमा बन्द नै रह्यो । मुख्य सडक बन्द भएपछि यात्रुहरुले यात्राका लागि सहायक सडकहरु प्रयोग गरे । तर, साँघुरा सडक र सवारी साधनको अत्याधिक चापका कारण काठमाडौंका गल्लीहरु पनि पूर्ण रुपमा व्यस्त बनेका थिए । यसै पनि सामान्य दिनहरुमा जामको नमिठो अनुभव भोगिरहेका यात्रुहरुले आन्दोलनका कारण झनै सास्ती बेहोर्नुपर्यो । 

बिहीबार काठमाडौंका भित्री सडकहरुमा पनि ट्राफिक अवस्था साह्रै दयनीय नै थियो । शिक्षक आन्दोलनका कारण मुख्य सडकमा सवारी आवागमन ठप्प भएपछि यात्रुहरु भित्री सडकहरुमा पनि घण्टौंसम्म जाममा बस्न बाध्य बनेका छन् । जसका कारण पुग्नुपर्ने ठाउँमा समयमा पुग्न नसकेको, यात्रामा कठिनाइ भएको लगायतका गुनासो यात्रुहरुले गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: