×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको सार्वजनिक ऋण २३ खर्ब माथि, प्रत्येक नागरिकको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ ऋण !

PRIME CA

सरकारको सार्वजनिक ऋण २३ खर्ब माथि, प्रत्येक नागरिकको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ ऋण !

१० आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार पछिल्लो दुई महिनामा सरकारले ४९ अर्ब रुपैयाँ ऋण थपेपछि नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको हो । यसअघि गत आर्थिक वर्षको अन्त्यसम्मका नेपालको ऋण २२ अर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

सरकारले पछिल्लो दुई महिना (साउन र भदौ)मा मात्रै ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ सार्वजनिक ऋण थपेको छ । योसँगै भदौ मसान्तसम्ममा प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ ऋण पर्न जान्छ । नेपालको कुल सार्वजनिक ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ६९ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

सरकारले साउन महिनामा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड गरी कुल ४४ अर्ब २६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । त्यस्तै, साउनमा र भदौमा बाह्य ऋण भने ४ अर्ब ९७ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ ।

यसो त सरकारले पछिल्लो दुई महिनामा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । जसमध्ये साउनमा २२ अर्ब ७ करोड र भदौमा १० अर्ब ७५ करोड गरी कुल ३२ अर्ब ८३ करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । त्यस्तै, सरकारले साउनमा १ अर्ब २३ करोड र भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ बाह्य ऋणको साँवा भुक्तानी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: