×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोमा अर्थमन्त्री कुरै नबुझी बोलेको नाडा अध्यक्षको आरोप, मान्छेसँग पैसा भएको तर्क गलत भएको दाबी !

PRIME CA

नाडा अटो शोमा अर्थमन्त्री कुरै नबुझी बोलेको नाडा अध्यक्षको आरोप, मान्छेसँग पैसा भएको तर्क गलत भएको दाबी !

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अहिले देशको अर्थतन्त्र सहि अवस्थामा छैन । यो सबैले स्वीकारेको सत्य हो । स्वयम् देशका अर्थमन्त्रीले पनि यो चुनौतिको समय रहेको स्वीकार गर्दै आएका छन् । अझ अर्थतन्त्र सुधार हुन नसकेको अपजश पाइने डरले अर्थमन्त्री बेलाबेलामा बिग्रेको अर्थतन्त्रको पूरापूर दोष नेपाल राष्ट्र बैंकले थुपार्दै आएका छन् । खैर, दोष जसलाई दिए पनि, उनी पनि अर्थतन्त्रको स्थिति ठिक अवस्थामा छैन भन्ने कुरामा प्रष्ट छन् । देशभर व्यापार व्यवसायमा आएको मन्दीले पनि नेपालको अर्थतन्त्र ठिक छैन भन्ने अवस्था प्रष्ट पार्छ ।
तर मंगलबार नाडा अटो शो उद्घाटन कार्यक्रममा पुगेका अर्थमन्त्री प्रकाश शरण महतलाई कसले के सुनाईदियो कुन्नि, उनले त मान्छेसँग पैसा भएको तर खर्च गर्न डराएको आशय व्यक्त गरिदिए । र अहिले उनको यो अभिव्यक्ति निकै आलोचित र चर्चामा छ ।
‘अर्तन्त्रमा पैसै नभएको होइन । त्यो चलिरहेको छैन, घुमिरहेको छैन ।’ नाडा अटो शो उद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘त्यो पैसा घुम्न जरुरी छ । भोलि के हो, के हो भनेर उपभोक्ताहरु पनि खर्च गर्न तयार भएनन् । बैंकरहरु पनि लगानी गर्न डराईरहेका छन् ।’
तर अर्थमन्त्रीले भनेजस्तो अहिले मान्छेसँग पैसा भएको स्थिति नभएको दाबी व्यवसायीहरुको छ । अरु त अरु, अर्थमन्त्री जुन कार्यक्रममा गएका थिए, त्यहि कार्यक्रम अर्थात नाडा अटो शोका आयोजक संस्था नाडाका अध्यक्ष ध्रुब थापाले पनि अर्थमन्त्रीको बुझाई गलत भएको र उनले नबुझी यस्तो अभिव्यक्ति दिएको दाबी गरेका छन् । अर्थ सरोकारसँगको कुराकानीमा उनले अर्थमन्त्रीले मान्छेसँग पैसा छ तर खर्च गर्न डराईरहेको भनेर दिएको अभिव्यक्ति सहि नभएको दाबी गरेका छन्।
‘अर्थमन्त्रीले जे भन्नुभयो, नबुझी भन्नुभयो । अहिले मान्छेसँग पैसा भएको स्थिति होइन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले भने, ‘सामान्य व्यवसायमा पनि कष्टमर छैनन्, मान्छेको क्रयशक्ति घटेको छ । त्यसैले अर्थमन्त्रीले जे भन्नुभयो, स्थिति त्यस्तो छैन ।
https://www.youtube.com/watch?v=CTmD9MGJurk
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: