×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोमा मुख्य प्रायोजक टाटाकै लापरवाहीले देशको स्वाभिमानमा गम्भीर धक्का, नेपालको नक्सामा अनेकन गल्ती !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाडा अटो शोमा मुख्य प्रायोजक टाटाकै लापरवाहीले देशको स्वाभिमानमा गम्भीर धक्का, नेपालको नक्सामा अनेकन गल्ती !

Artha Sarokar

२९ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा जारी नाडा अटोशोको मुख्य प्रायोजक टाटाले शोको मुखैमा राखेको नेपालको नक्सामाथि कम्पनीले भद्दा मजाक गरेको पाइएको छ । कम्पनीले राखेको नेपालको नक्सामा सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश लगायतको नाममा गल्ती गरेर देशका विभिन्न प्रदेशको नाममाथि नै मजाक गरेको हो । प्रदेशको नाममा मात्र होइन, कम्पनीले विभिन्न स्थानको नाम राख्दा पनि लापरवाही गरेको पाइएको छ ।
कम्पनीले राखेको नेपालको नक्सामा सुर्खेत लगायतका ठाउँको नाम गलत तरिकाले राखेको छ । सुदुरपश्चिम हुनुपर्नेमा ‘सुदुरपचिम’ उच्चारण हुनेगरी स्पेलिङ गलत लेखिएको छ भने मधेश प्रदेश हुनुपर्ने ठाउँमा मदेश प्रदेश राखिएको छ । सुर्खेत हुनुपर्ने ठाउँमा सुर्केत उच्चारण हुनेगरी गल्ती गरिएको छ ।
सुन्दा सामान्य लागे पनि कम्पनीले गरेको यस्तो गल्तीले त्यहाँ उपस्थित हुने सहभागी र अटो शोको मात्र होइन, देशकै स्वाभिमानमाथि धक्का लागेको अटो शोका सहभागीहरुले जनाएका छन् । ‘हामीले यस्तो गल्ती गरेको भए कति सञ्चारमाध्यममा आईसक्थ्यो । तर नाडा अटो शोलाई पैसा दिने टाटाको गल्ती भएका कारण केहि गरिएन । यो गम्भीर विषय हो ।’ नाडामा सहभागी अर्का एक कम्पनीका प्रतिनिधिले अर्थ सरोकारसँग भने, ‘मेरै घर सुदुरपश्चिम हो, मेरै प्रदेशको नाम गलत लेखिएको छ । नेपालको नक्सामा एक त भद्दा मजाक भयो, अर्को नाडा अटो शोको मुख्य गेटकै साइडमा यस्तो गलत नक्सा राख्नु लापरवाहीमात्र होइन मनपरी हो ।’
यता टाटाका प्रतिनिधिले पनि आफ्नो कम्पनीको ब्यानरमा गल्ती भएको स्वीकारेका छन् । सो नक्साबारे टाटा कम्पनीका तर्फबाट नाडामा बसेका प्रतिनिधिले ब्यानरमा गल्ती भएको तर, यो गल्ती आफ्नो नभई एजेन्सीको भएको दाबी गरेका छन् । ‘यो ब्यानर हामीले भन्दा पनि एजेन्सीले बनाएको हो । गल्ती भएको रहेछ । यसलाई सच्याउन भन्नेछौँ ।’ उनले कुन एजेन्सीले यस्तो गलत काम गरेको हो भन्ने विषय भने खुलाएनन्।
जानकारहरु पनि यसरी देशकै ठुलो अटो शोमा यस्तो गल्ती हुनु अस्वाभाविक रहेको दाबी गर्छन् ।
यसअघि यहि कम्पनीले समान आयातका क्रममा नेपाललाई भारतको कुनै प्रदेश रहेको र काठमाडौँ पनि भारतकै ठाउँ रहेको उल्लेख भएको तथ्य बाहिरिएको थियो । त्यतिबेला पनि यो कम्पनीको सो कामको चर्को विरोध भएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी