×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के नाडामा सबै स्टलको खर्च उठ्छ ? अध्यक्ष भन्छन्- ‘हिजोसम्म डाउट थियो, आजबाट उत्साहित छौँ’, व्यवसायी भन्छन्-‘गाह्रो छ’

PRIME CA

के नाडामा सबै स्टलको खर्च उठ्छ ? अध्यक्ष भन्छन्- ‘हिजोसम्म डाउट थियो, आजबाट उत्साहित छौँ’, व्यवसायी भन्छन्-‘गाह्रो छ’

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कुनै बेला यस्तो थियो, नाडा अटो शोमा खुट्टा टेक्ने ठाउँ हुँदैनथियो । कहिल्यै नभएको व्यापार यहि बेला हुन्थ्यो । गाडी बुक गर्नेको संख्या पनि उल्लेखनीय हुन्थ्यो । तर देशमा छाएको आर्थिक मन्दीका कारण यसपटक नाडा अटो शोमात्र फ्लप हुने संकेत देखिएको छैन, बरु स्टल राख्नेहरुले नै स्टलको पैसा उठ्छ कि उठ्दैन भन्ने तनाव लिईरहेका छन् । नाडामा कम्पनी हेरेर प्रति कम्पनी ७ लाखदेखि २० लाखसम्म खर्च गरेका छन् कम्पनीहरुले । यो खर्च उठाउन उनीहरुले कम्तीमा पनि केहि गाडी बेच्नुपर्छ ।

यद्यपी नाडा अध्यक्ष ध्रुब थापा भने स्थिति राम्रो रहेको र व्यापार राम्रै हुने विश्वास गर्छन्। ‘हिजोसम्म हामीलाई पनि डाउट थियो, गर्न त गरियो, लक्ष पनि २० अर्व भनियो, तर हुन्छ कि हुँदैन भन्ने थियो ।’ अध्यक्ष थापाले अर्थ सरोकारसँग भने- ‘हिजोको उत्साहप्रद सहभागीताले हामीलाई उत्साह दिएको छ । बैंकहरुको पनि साथ र सहयोग छ । बुकिङ्ग पनि राम्रै भएको छ । त्यसैले राम्रै हुन्छ भन्नेमा छौं ।’

यता कतिपय व्यवसायीहरुले भने स्टल खर्च उठ्छ नै भन्ने स्थिति नरहेको दाबी गर्छन् । ‘सबैको स्टल खर्च उठ्छ जस्तो देखिंदैन । सबैका गाडी राम्रै बुक हुन्छ भन्ने पनि होइन । फेरि, कतिपयले स्टल खर्च उठाउन भनेर यहाँ सहभागी भएको भन्दा पनि ब्राण्ड बनाउन पनि उपस्थिति देखाएको देखिन्छ ।’ शोमा सहभागीमध्येका एक व्यवसायीले अर्थ सरोकारसँग भने -‘हाम्रै खर्च उठ्छ भन्ने विश्वास हामीलाई छैन । तर यति राम्रो शोमा सहभागी भईएको छ, ब्राण्ड बनेको छ, यसैमा खुसी छौँ । सबै लगानी नाफाका लागि हुँदैन ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: