×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकर्मा पूजा मनाउन कर्मचारीबाट २०० रुपैयाँ संकलन, असोज १ गते प्राधिकरणका आय संकलन काउन्टर बन्द हुने !

PRIME CA
GLOBAL IME BANK

विश्वकर्मा पूजा मनाउन कर्मचारीबाट २०० रुपैयाँ संकलन, असोज १ गते प्राधिकरणका आय संकलन काउन्टर बन्द हुने !

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गतेदेखि बन्द हुने भएका छन् । एक सूचना जारी गर्दै प्राधिकरणले असोज १ गते परेको विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण आय संकलन काउन्टरहरू बन्द गर्ने जानकारी दिएको हो ।

विश्वकर्मा पूजा मनाउनका लागि प्राधिकरणले पुर्जा खर्च र प्रसाद वितरणका लागि प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँका दरले रकम संकलन गरेको छ । प्राधिकरणका अनुसार कार्यालयभित्र रहेको विश्वकर्मा मन्दिरमा असोज १ गतेका दिन पूजा गरिने छ ।

विश्वकर्मा पूजाको दिन खासगरी मेसिनरी सामानको पूजा गर्ने चलन रहेको छ । विभिन्न औजारका सामान पूजा गरेमा लामो समयसम्म टिक्ने, नबिग्रने भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: