×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

अर्थ सरोकार समाचार प्रभाव : राष्ट्र बैंकको ठाडो निर्देशनपछि एनआईसी एशिया बैंकले ब्याजदर घटायो, प्राइमले पनि घटाउँदै !

SAGARMATHA CEMENTS

काठमाडौँ । अर्थ सरोकार डटकमले एनआईसी एशिया बैंकले राष्ट्र बैंकको नियम विपरित ब्याजदर सार्वजनिक गरेको समाचार सार्वजनिक गरेपछि राष्ट्र बैंकको ठाडो निर्देशनमा अन्तत: एनआईसी एशिया बैंकले ब्याजदर सच्याएको छ ।  भदौ महिनाको क वर्गका बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत  छ । यसमा १० प्रतिशतको क्यापको हिसाब गर्ने हो भने बैंकले ६.०५४ प्रतिशतभन्दा बढी ब्याज पुर्याउने काम नियम विपरित हुन्छ ।

तर, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंकले भने बचतमा ६.३५८ प्रतिशत ब्याज दिने सूचना जारी गरेका थिए । एनआईसी एशिया बैंकले भने ब्याजदर सच्याएर अहिले ६.०५४ नै बनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले ब्याजदर सच्याएको पुष्टी गरेका छन् । उनले सच्याईएको ब्याजदर वेवसाइटमासमेत सच्याएर राखिएको बताएका छन् । उनले ब्याजदर सच्याएको जानकारी दिएपछि अर्थ सरोकारले भेरिफाई गर्दा वेवसाइटमा समेत ब्याजदर सच्याइएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले समेत एनआईसी एशिया बैंकले ब्याजदर सच्याएको पुष्टी गरेको छ । ‘हामीले एनआईसी एशिया र प्राइम कमर्सियल बैंक दुबैलाई ब्याजदर सच्याउन भनेका छौँ । एनआईसी एशियाले सच्याईसक्यो । प्राइम कमर्सियल बैंकले सच्याउँदैछ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal