काठमाडौं । सेयर बजार खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएर चर्चामा आएका सांसद प्रेम सुवालले आफ्नो परिवारको कुनै पनि सदस्य सेयर बजारमा संलग्न नरहेको दाबी गरेका छन् । ‘सेयर बजार खारेज गर्नुपर्छ भन्ने प्रेम सुवालका छोरा नै गर्छन् करोडौंको सेयर कारोबार !’ शिर्षकको समाचारप्रति आपत्ति जनाउँदै अर्थ सरोकारको सम्पर्कमा आएका सांसद सुवालले आफ्नो मात्र नभएर परिवारको कुनै सदस्यको पनि सेयर बजारका कारोबार नभएको दाबी गरेका हुन् ।
‘म मात्र होइन, मेरो परिवारको कोही सदस्य पनि सेयर बजारमा संलग्न छैनन् । कसैले पनि सेयर बजारका कारोबार गरेका छैनन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै सांसद सुवालले भने, ‘सेयर कारोबार गर्ने कसैको बाबुको नाम प्रेम सुवाल भनेर मिल्यो होला, तर मेरा परिवारको कसैको पनि सेयर बजारमा कारोबार छैन ।’
यद्यपी सेयर बजारका लगानीकर्ताहरुले भने सुवालका छोरा सेयर कारोबारी भएको भन्दै सामाजिक सञ्जालमा ‘छोरा सेयर कारबोर गर्ने, बुवा विरोध गर्ने ?’ भन्दै आलोचना गरिरहेका छन् । बाबुको नाम प्रेम सुवाल नै रहेका व्यक्तिले सेयर बजारमा करोडौंको कारोबार गरेकोसमेत पाइएको छ । सांसद सुवालले पनि कसैको बुवाको नाम प्रेम सुवाल देखिएको हुनसक्ने तर निज सेयर कारोबार आफ्नो छोरा नभएको दाबी गरेका छन् ।
सांसद सुवालले प्रतिनिधिसभाको बैठकमा सेयर बजार खारेज गर्नुपर्छ भन्दै अभिव्यक्ति दिएका थिए । सांसद सुवालको उक्त अभिव्यक्तिपछि सेयर बजारका लगानीकर्ताहरुले उनको चर्को आलोचना समेत गरेका छन् ।
तर, अन्य क्षेत्रका विज्ञहरु पनि सेयर कारोबारमा लाग्दा मुलुकलाई घाटा भएको भन्दै सेयर बजारसम्बन्धि कानुन खारेज गर्नुपर्ने धारणा राखेका सुवालले डाक्टर, इन्जिनियर, शिक्षक तथा कर्मचारीहरु दिनभरी मोबाईल, ल्यापटप अथवा कम्प्युटर अगाडी बस्ने, सेयर बजारको उतार चढाव हेर्ने गरेको भन्दै बजारकै कारण धेरै सर्वसाधारणहरु आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको समेत दाबी गरेका छन् ।
सांसद सुवालले सेयर बजारको कुल ४४ खर्ब कारोबार २७ खर्बमा झरेको र १७ खर्ब डुबिसकेकोले बाँकी रहेको रकमको जिम्ममा सरकारले लिएर सेयर बजार खारेज गर्नुपर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्