×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार खारेज गर्नुपर्छ भन्ने प्रेम सुवालका छोरा नै गर्छन् करोडौंको सेयर कारोबार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर बजार खारेज गर्नुपर्छ भन्ने प्रेम सुवालका छोरा नै गर्छन् करोडौंको सेयर कारोबार !

Artha Sarokar

२२ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको ‘सेयर बजार खारेज हुनुपर्छ’ भन्ने अभिव्यक्तिपछि उनी अहिले चर्चामा छन् । बिहीबार प्रतिनिधिसभाको बैठकबाटै सांसद सुवालले सेयर बजार खारेज हुनुपर्छ भनेपछि उनी अहिले थप चर्चामा तानिएका हुन् । खास गरी सेयर बजारका लगानीकर्ताहरुले उनको यस्तो अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।

यसैबीच सांसद सुवालका छोराले नै सेयर बजारमा करोडौँको कारोबार गर्ने गरेको कतिपय सेयर लगानीकर्ताहरुको दाबी छ ।

स्रोतका अनुसार सुवालका छोराले सेयर कारोबार राम्रै राशिको गर्ने गरेका छन् । यतिसम्म कि उनी स्वयम आफै पनि सेयर बजारको विकास हुनुपर्छ र बजार थप सुदृढ र बलियो हुनुपर्छ भन्ने कुरा जोड दिने व्यक्ति हुन् । ‘सांसद सुवालका छोरा लामो समयदेखि सेयर बजारमा आवद्ध छन् । सेयर बजारबाटै राम्रो पैसा कमाएका पनि छन् ।’, स्रोतले भन्यो, ‘उनी बजार विरोधी भन्दा पनि बजार बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने लगानीकर्ता हुन् ।’

चर्चित सेयर लगानीकर्ता शिव चन्द्रले ‘प्रेम सुवालले बारम्बार सेयर बजार बन्द गर्नुपर्छ भनिरहँदा सेयर बजारका नियमित कारोबारी यहाँका छोराहरुलेचाहिं कस्तो प्रतिक्रिया दिनुहुन्छ होला ? जान्न मन लाग्यो’ भनेर प्रतिक्रिया दिएका छन् । त्यसमा कहिले भिजनमा हेर्ने त स्टेटमेन्ट भनेर प्रतिक्रिया दिएका छन्। अहिले यो पोस्ट पनि सामाजिक संजालमा भाइरल छ ।

उनले ब्रोकर नम्बर ३४ बाट कारोबार गर्ने गरेको स्रोतको दाबी छ । तर, भिजन सेक्युरिटिजका राजकुमार तिमिल्सीनाले भने आफुकहाँबाट सुवालका छोराको कारोबार रहेको जस्तो नलागेको बताएका छन् । ‘हामीकहाँ उहाँको सेयर कारोबार छैनजस्तो लाग्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै तिमिल्सीनाले भने, ‘यद्यपी भेरिफाई गर्नुपर्छ । म गरौँला । भेरिफाई गरेर अपडेट गरौँला ।’

स्रोतका अनुसार आफ्नै बुवाले संसदबाटै सेयर बजार खारेज हुनुपर्छ भनेपछि अहिले सांसद सुवालका छोरालाई धेरैले यस विषयमा सोधिरहेका छन् । उनलाई चिन्नेहरुले सामाजिक सञ्जालमा ‘छोरो सेयर कारोबार गर्ने, बुबा खारेज गर्ने’ भन्दै सुवालको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।

यता सांसद सुवालले भने सेयर बजारमा आफ्नो एक रुपैयाँ पनि लगानी नभएको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘सेयर बजारमा एक रुपैयाँ पनि लगानी छैन । डिम्याट खाता पनि छैन, केही छैन अहिलेसम्म । मैले जनताको गुनासो आएको भएर मात्रै सेयर बजार खारेज हुनुपर्छ भन्ने कुरा उठाएको हो ।’

अपडेट

यता सुवालले पनि आफ्ना छोराले सेयर कारोबार नगर्ने गरेको ठोकुवा गरेका छन् । ‘सेयर कारोबार गर्ने कसैको बाबुको नाम प्रेम सुवाल भनेर मिल्यो होला, तर मेरा परिवारको कसैको पनि सेयर बजारमा कारोबार छैन ।’ अर्थ सरोकारको सम्पर्कमा आएका सुवालले भने ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी