काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । शनिबार भैरहवा स्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्रि रिजालले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
अनुगमन तथा निरीक्षणमा मन्त्रि रिजालसँगै उद्योग सचिब मुकुन्द निरौलाको पनि उपस्थिति रहेको थियो भने एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) का कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्रि रिजाललाई आईसीपीको स्थलगत जानकारी गराएका थिए ।
मन्त्रि रिजालले आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केहि समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफु तयार रहेको बताएका थिए । त्यसैगरी देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न समेत आग्रह गरेका हुन् ।
मन्त्री रिजालले शनिबार नै भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) को पनि अनुगमन गरेका हुन् । अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले मन्त्रि रिजाललाई सेजको स्थलगत जानकारी गराएका थिए भने सेजको विस्तृत प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
अनुगमका क्रममा मन्त्रि रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्वाक्यर मिटर जग्गा मुल्यलाई घटाएर प्रति स्वाक्यर मिटर ८ देखि १० रुपैयाँ सम्म बनाउन पहल गर्ने मन्त्रि रिजालले स्पष्ट पारेका थिए ।
आईसीपी र सेजको अनुगमन पश्चात मन्त्रि रिजालले भैरहवाका उद्योगी व्यवसायीहरु सग भेटघाट गर्नु भएको थियो । सिद्दार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्य्रक्रममा बोल्दै मन्त्रि रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भए पनि यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने स्पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्ने समेत स्पष्ट पारे । भैरहवाका उद्योगी व्यवसायीका कुरा सुन्दै मन्त्रि रिजालले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्दै सरकारले केहि गर्दैन भन्ने सोचबाट बाहिर निस्कदै मनोबल वृद्धि गर्न समेत आग्रह गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्