Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बाणिज्य बैंकको लापरवाहीले ग्राहकको लाखौँ रुपैयाँ अपचलन, बैंक भन्छ-‘गल्ती भएकै हो, पैसा फिर्ता गराउँछौँ…’

सुदर्शन श्रेष्ठ

राष्ट्रिय बाणिज्य बैंकले अपुग र पूराना कागजात राखेर खाता खोलिदिंदा एक ग्राहकको २५ लाख अपचलन भएको छ । आफ्ना पेटी ठेकेदारले आफ्नो कम्पनीको सबै पूराना डकुमेन्ट कतैबाट फेला पारी, बैंकमा खाता खोली, सो बैंक खातामा आफ्नै हस्ताक्षर चल्ने गरी कम्पनीको किर्ते कागज बनाई २५ लाख रुपैयाँ अपचलन गरेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । अपचलन गर्नेले एक त ग्राहकको हस्ताक्षरलाई किर्ते गरेका छन् भने अर्कोतर्फ अरुको डकुमेन्टको दुरुपयोग गरेका छन् । बैंकले अपडेटेड कागज नै नलिई पूराना कागजका भरमा खाता खोलिदिएको छ । अपचलन भएको रकम प्रोराइटरशिप फर्मको हो । फर्मको खाता खोल्दा पछिल्लो करचुक्तासमेत आवश्यक पर्छ । बैंकले सो डकुमेन्ट बिना, त्यो पनि किर्ते हस्ताक्षरसहितको पत्रका भरमा खाता खोलिदिएको छ ।  त्यस्तै, नविकरण नै नभएको इजाजत पत्र, घरेलु कार्यालयको नक्कली प्रमाणपत्र र खाता खोल्न चाहिने अख्तियारीमा पनि किर्ते भएको छ ।
यस्तो छ बदमासीको नालीबेली 
रामणी निर्माण सेवाका प्रोप्राइटर जनार्दन बमले बझाङको केदारस्युँ गाउँपालिका झोतास्थित भैरव माध्यामिक विद्यालयको भवन निर्माणको काम लिएका थिए । करिब २५ लाख रुपैयाँको सो कामको सम्पूर्ण जिम्मा उनले पेटी ठेकेदार कृष्ण वडलाई दिएका थिए । निर्माणको काम सम्पन्न भइसकेपछि उनले पेटी ठेकेदार वडलाई नै अख्तियारी दिएर चेक कलेक्सनका लागि गत असार २२ गते विद्यालयमा पठाए ।
विद्यालयले पनि साउन ५ गते वडलाई रामणी निर्माण सेवाको नाममा चेक दियो । तर, विद्यालयले दिनुपर्ने भुक्तानी बमको खातामा जम्मा नै भएन । विद्यालयले भुक्तानी गरिसकेको बताउने, तर आफ्नो खातामा पैसा नआएको देखेपछि यस विषयमा थप अनुसन्धान गर्दा उनले आफ्ना पेटी ठेकेदारले राष्ट्रिय बाणिज्य बैंकमा आफ्नो फर्मको नाममा नक्कली खाता खोली आफ्नो रकम अपचलन गरेको पत्ता लगाएका थिए ।
रामणी निर्माण सेवाको नाममा साउन ८ गते वाणिज्य बैंकको बझाङ शाखाबाट खाता खोलिएको देखिन्छ । जबकी उनी त्यसबेला धनगढीमा थिए । यता साउन ८ गते खोलिएको खातामा जम्मा भएको २५ लाख ३२ हजार ९ सय १० रुपैयाँ ९५ पैसा साउन ९ गते नै निकालिएको देखिएको छ ।

‘भवन निर्माणको काम सबै सकेर चेक कलेक्सनका लागि मैले कृष्ण वडलाई अख्तियारी दिएर विद्यालय पठाएको थिएँ । वडले विद्यालयबाट साउन ५ गते चेक बुझेको देखिन्छ । तर, वडले उक्त चेक मलाई दिएनन्, बरु चेक आफैसँग भएको तर अहिले चेक लिएर धनगढी जाने समय नभएको भन्दै ढाँटिरहे ।' पीडीत जनार्दन बमले अर्थ सरोकारसँग भने- 'मैले वडलाई चेक लिएर धनगढी आउनुस्, यतै रकम जम्मा गरेर हिसाब गरौँला भनेको हुँ । तर, उहाँले चेक मसँगै छ, तर अहिले समय छैन भन्दै ढाँट्नुभयो । चेक लिएको १ महिना बितिसक्दा पनि चेक नपाएपछि मैले विद्यालयमा उक्त चेक रद्ध गर्न पत्राचार गरें ।’

तर यतिबेलासम्म चेक साटिईसकेको खबर बमले पाए । ‘मेरो खातामा पैसा आईसकेको अवस्था थिएन, वडले मलाई चेक मसँग छ भनिरहेका थिए, तर, विद्यालयले चेक साटिसकिएको जवाफ दियो । कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा गएर बुझ्दा खातामा पैसा आएकै थिएन । पछि बुझ्दै जाँदा थाहा भयो कृष्ण वडले कम्पनीको कागज किर्ते गरेर वाणिज्य बैंकमा आफैँ खाता खोलेर पैसा चलाएको रहेछन् ।’ वडले भने ।

अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK