×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उडानका क्रममा मनपरी गर्ने श्री र फिस्टेल एयरलाइन्स कारवाहीमा, उडानमा लाग्यो प्रतिबन्ध !

अर्थ सरोकार

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार

PRIME CA

उडानका क्रममा मनपरी गर्ने श्री र फिस्टेल एयरलाइन्स कारवाहीमा, उडानमा लाग्यो प्रतिबन्ध !

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री र फिस्टेल एयरको हेलिकप्टरको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको पाइएपछि प्राधिकरणले दुवै एयरलाइन्सलाई कारवाही स्वरुप सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो । 

दुवै एयरका हेलिकप्टरले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ (भिएफआर)को मापदण्ड पालना नगरेको भन्दै कारवाही गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरण स्रोतका अनुसार दुवै एयरलाइन्सका हेलिकप्टरले पटकपटक भिएफआर उडान गर्दा मौसम सफा नभएको स्थितिमा पनि एकै पटक उडान गर्ने गरेको पाइएको छ । स्रोतका अनुसार दुवै एयरका हेलिकप्टरले १५ सय मिटर उचाइ र ५ किलोमिटर लम्बाइ भिजिबिलिटी नभएको अवस्थामा पनि जबरजस्ती उडान गरेको पनि पाइएको छ । जसलाई हवाई सुरक्षाका दृष्टिकोणले गम्भीर त्रुटि मानिन्छ । 

यसरी पटकपटक हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको पाइएपछि प्राधिकरणले एएस–३५० सिरिजको फिस्टेल एयरका दुई र श्री एयरको एउटा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: