काठमाडौँ । स्वर्गीय सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आज बसेको आकस्मिक बैठकले उनलाई राजकीय सम्मान दिने र उनको अन्त्यष्टीको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएपछि मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको थियो । सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदाको निर्णय भएको पुष्टी गरिन् । सरकारले नेम्वाङको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।
नेम्वाङका छोराहरु हाल विदेश छन् । उनीहरु नेपाल फर्किएपछिमात्र नेम्वाङको अन्त्यष्टी गरिनेछ । उनको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सरकारले सार्वजनिक बिदा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्