काठमाडौं । नैकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा सभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार गरिने भएको छ । सोमबार राति निधन भएका नेम्वाङका दुई छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि बुधबार गरिने भएको हो ।
नेम्वाङका दुई छोरामध्ये जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतमा छन् भने कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियामा रहेका छन् ।
बेलायतमा रहेका मिङ्सो बुधबार दिउँसो ४ बजे नेपाल फर्किदैछन् भने कान्छा छोरा ैमंगलबार राति ११ बजे नै फर्किदैछन् । उनी १५ दिन अघिमात्रै अष्ट्रेलिया गएका थिए ।
नेम्वाङका ४ सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन् । दुवै छोरा विदेशबाट फर्किएपछि मात्रै नेम्वाङको अन्त्येष्टि गरिनेछ । त्यतिन्जेल नेम्वाङको पार्थिव शरीर एमालेको पार्टी कार्यालय च्यासलमा राखिनेछ । हाल स्वर्गीय नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्नका लागि मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्