काठमाडौं । सुनजडित ‘स्मार्ट वाच’ विमानस्थलमै चोरी हुन थालेपछि चिनियाँ गिरोहले सुन तस्करीका लागि ‘ब्रेक शु’को प्रयोग सुरु गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका क्रममा चिनियाँ गिरोहले दुई वर्षअघिदेखि नै सुन तस्करीको योजना बनाए पनि ‘स्मार्ट वाच’को आइडिया फेल भएपछि ‘ब्रेक शु’, गाडीका अन्य पार्ट तथा सेभरमा लुकाएर तस्करी गर्ने गरेको पाइएको हो ।
सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार चिनियाँ गिरोहले दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स नामक कम्पनी खोलेर हङकङ हुँदै सुन जडित ‘स्मार्ट वाच’ आयात गरेको थियो । सो समूहले गत मागदेखि नै ‘स्मार्ट वाच’ मार्फत सुन तस्करी सुरु गरेको थियो । यसरी आयात गरिने ‘स्मार्ट वाच’मा एउटा घडीमा २० ग्राम सुन हुने गरेको थियो ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लिन जेक्वाङले दिएको बयानका अनुसार सन् २०२३ को मार्चदेखि ‘स्मार्ट वाच’ मार्फत सुरु भएको सुन तस्करीमा सुन जडित ‘स्मार्ट वाच’ विमानस्थलबाटै चोरी हुन थालेपछि दाह्री काट्ने सेभर र ब्रेक प्याडमार्फत सुन तस्करी सुरु गरिएको थियो । यसरी तस्करी हुने सेभरको स्ट्याण्डमा ५० ग्राम र ब्रेक प्याडमा पाँच सयदेखि ६ सय ग्रामसम्म सुन आयात हुने गर्दथ्यो ।
यसरी आयात भएको सुनमध्ये दोलखा इलेक्ट्रोनिक्सले मात्रै चार हजार सात सय १६ वटा ‘स्मार्ट वाच’ अर्थात ९४ किलो सुन आयात गरेको पाइएको छ । यसरी विभिन्न मितिमा गरी चिनियाँ गिरोहले नेपालमा कुल ३ सय ६२ किलो सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ ।
यसरी चिनियाँ गिरोहले पछिल्लो दुई महिनामा गरेको ३ सय ६२ किलो तस्करीको सुनमध्ये ६० किलो सुन मात्रै हालसम्म बरामद गरिएको छ भने ५० जनालाई प्रतिवादी बनाउन माग गरी सीआईबीले रायसहितको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गर्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्